हेभेन्ली पाथ कुनै धर्मको विरुद्धमा छैन- SMG

गुरुहजुर ! धर्महरूमा सबैभन्दा खराब पक्ष के के हुन् र त्यस पछाडिका कारणहरू के के हुन सक्छन् ?
– धर्महरूमा खराब पक्ष धेरै छन् । तर, खराबहरू मध्येका सबभन्दा खराब पक्षहरु यस प्रकार छन्:
– हरेक धर्मग्रन्थमा लेखिएको छ– मानव पूर्ण छैनन् र गल्ती गर्छन् । तर पनि धर्मावलम्बीहरू आफ्नै धर्म सत्य हो भनी दावी गर्छन् तर यथार्थ चाहिँ के हो भने उनीहरुको धर्म दर्शन सत्यताको कसीमा अत्यन्त कमजोर निस्कन्छ । उनीहरूको दावी यो पनि हुन्छ कि उनीहरू जे गर्छन् ती सवै सत्य हुन् । यो एक प्रकारको मूर्खता हो । के उनीहरूले शर्वशक्तिमानलाई चुनौति दिईरहेका हुन् ? उनीहरुको यस्तो मूर्खतापूर्ण दावीले अन्ततः समाजलाई वैरभावतिर लैजान्छ ।

– धर्महरुको अर्को खराव पक्ष हो– बिज्ञानलाई मान्यता नदिनु । उनीहरूका धर्मग्रन्थ विज्ञानको परिकल्पना भ्रूण अवस्थामा हुँदा लेखिएका हुन् । धर्मग्रन्थ लेखकले जे हुन्छ ईश्वसकै इच्छा अनुसार नै हुने गर्छ भन्ने मानेका छन्। उनीहरूको ग्रन्थमा बिज्ञान जस्तो विषय समेटिएका छैनन् । पानी किन वरफको रुपमा ठोस भएर जम्छ र उमाल्दा किन वाफको रुप लिन्छ ? यस्ता सामान्य वैज्ञानिक पक्षहरुको उत्तर उनीहरूको धर्म ग्रन्थले दिन सक्दैनन् । यो सत्य हो कि सबै कुरो ईश्वरको इच्छामा चल्छ तर हामी दावी गर्छौं त्यहाँ हरेकको पृथक व्याख्या छ । अनि त्यो व्याख्या विज्ञान बाहेक अरु केही होइन ।
– मान्छेको असल आचारणको रक्षार्थ यसो गरिएको उनीहरूको दावी छ तर त्यसबाट हाम्रो आचारण सर्वनास भैरहेको हामी देख्छौं ।
– कुनै समय यस्तो पनि थियो जुनबेला नारीहरुलाई पुरुषहरुभन्दा तल्लो स्तरको मानिन्थ्यो । यस्तो अमानवीय विभेदको कारण अरु केही नभएर तिनै खराब धर्मशास्त्रहरुबाट प्राप्त खराब शिक्षा नै हुन् ।

यदि धर्ममा भएका सवै खराव पक्ष सच्याउने हो भने के यसले मुक्ति (स्वतन्त्रता) र मोक्ष (अनन्त जीवन) को बाटो देखाउन सक्छ ?
– हजुर, त्यस्ता नराम्रा पक्षलाई हटाउने हो भने धेरै राम्रो हुने थियो । तर, त्यहाँ केही अन्धविश्वासहरू छन्, जुन धर्महरुको अभिन्न अङ्ग भएर बसेका छन् । उदाहरणको लागि, अवतारवादप्रतिको विश्वास त्यति नराम्रो देखिंदैन यद्यपि यो अन्धविश्वास नै हो । अहिले अन्धविश्वासविनाको धर्म फेला पार्न गाह्रो छ । हो, धर्ममा भएको खराव पक्ष सुधारेर अन्धविश्वास हटाउने हो भने तिनले पनि मुक्ति र मोक्षको बाटो देखाउन सक्छन् ।

धर्म र आध्यात्मिक क्षेत्रमा रहेका संभावित भिन्नताहरू के के हुन् ?
– धर्म कर्मकाण्डसहित आउँछ तर अध्यात्मले त्यसलाई प्राथमिकता दिँदैन । एकजना व्यक्ति आध्यात्मिक कार्य गरेर आध्यात्मिक बन्न सक्छ तर धर्ममा फरक हुन्छ । कुनै धर्मको धर्मावलम्बी हुनलाई त्यस धर्मका खास सिद्धान्तहरुप्रति प्रतिवद्ध हुनै पर्छ ।हेभेन्ली पाथ धेरै हदसम्म ईश्वरीय आध्यात्मिक मार्गमा छ, धार्मिक होइन । केही मानिसहरू हेभेन्ली पाथसँग पूर्ण परिचित भैसकेका छैनन् र भन्लान्, हेभेन्ली पाथमा कर्मकाण्डहरु गरिन्छन् त्यसैले यो धर्म हो । तर, हामीलाई थाहा छ, हामीले कुनै कर्मकाण्ड गरिरहेका छैनौं हामी सर्वशक्तिमानको प्रार्थना मात्र गरिरहेका छौं । एक नाबालकको जन्म हुन्छ, हामी उनकै लागि प्रार्थना गर्दछौं । जब कसैको आत्मालाई प्रभुले उठाउनुहुन्छ हामी उनकै लागि प्रार्थना गर्छौं । प्रार्थनाका धेरै प्रयोजनहरु हुन्छन् । धर्म सामूहिक रुपमा आउँछ भने अध्यात्म व्यक्तिगत रुपमा । एक जना महान् आध्यात्मिक व्यक्तिले असल कार्य र ईश्वरप्रति आफ्नो जीवन समर्पित गर्छ । तर एकजना ठूलो धार्मिक व्यक्तिले आफ्नो जीवन धर्म र संस्कार आदिमा समर्पित गर्छ ।
एक धार्मिक ब्यक्तिले प्राय आफ्नै धर्ममा आवद्ध मानिसहरुको हितका लागि केही गर्नेबारे सोच्छ । तर, आध्यात्मिक क्षेत्रमा लागि आफू र अरुमा कुनै फरक हुँदैन । अध्यात्मबाट प्रेरित व्यक्तिले कुनै कार्य सही वा गलत के हो भन्ने निष्कर्ष आध्यात्मिक माध्यमबाटै स्वीकार्छ । जब कि धार्मिक व्यक्तिे आफ्नो धर्मग्रन्थको आधारमा मात्र निष्कर्षमा पुग्छ । धर्ममा विभिन्न संस्कार र संस्कृतिहरुले मानिसहरु बाँधिएका हुन्छन् । आध्यात्मिक व्यक्ति चाहिँ प्राविधिक रुपमा ती कुनै बन्धनमा बाँधिएको हुँदैन । जस्तै, एक मुस्लिम धर्मावलम्बी कुरानका वचनहरु कट्टरतापूर्वक पालना गर्छ र त्यही अनुसारको आचारण पनि गर्छ । आध्यात्मिक व्यक्ति यस्ता कुराहरूबाट स्वतन्त्र हुन्छन् । उसलाई मुश्लिम वा हिन्दू कसैको जस्तो आचारण गर्नुपर्ने बाध्यता हुँदैन ।

गुरुहजुर, हेभेन्ली पाथले ईश्वर, धर्म, अध्यात्म, समाज, र संस्कारको छुट्टै प्रकारले वर्णन गर्छ, तर हेभेन्ली पाथले नयाँ धर्म स्थापना गरेको छैन भनेर हामी कसरी भन्न सक्छौं ?
– हेवेन्ली पाथले ईश्वर, धर्म आदिको व्याख्या दर्शनको आधारमा गर्छ जुन आध्यात्मिक रुपमा मात्रै सत्य नभई तार्किक रुपमा पनि सही छ । यसका साथै, हेभेन्ली पाथले गर्ने वर्णन मात्रै नौलो छ भन्ठान्नु पूर्ण रुपमा सही नभए पनि हेभेन्ली पाथले भिन्न र सही ढङ्गले व्याख्या गरेको छ । हुनसक्छ, कुनै धर्मशास्त्रहरूले माथि उल्लेखित विषयमा गरेको व्याख्या सही नै होला । त्यस्ता विषयहरुलाई हेभेन्ली पाथले थप मजबूत पारेको छ । उदाहरणको लागि, new york giants jerseysहिन्दू धर्ममा कृष्णका अनुसार, देवी–देवताहरूले मोक्ष पाउँदैनन् । यो भनाइ सत्य छ र यसलाई हेभेन्ली पाथले अझ जोड दिएको छ । त्यस्तै, इसाई धर्ममा भनिएको छ – “आफूलाई जस्तै छिमेकिलाई प्रेम गर अनि मन, मष्तिस्क, आत्मा र शक्तिले ईश्वरको प्रेम गर ।“ बाइबलको यो भनाइ पनि सत्य छ जसलाई हेभेन्ली पाथले थप महत्त्वका साथ अगाडि सारेको छ ।
यहाँ मैले प्रष्ट पार्न चाहेको के हो भने हेभेन्ली पाथले कुनै वस्तुको व्याख्या भिन्न तरिकाले गरेको छैन बरु सत्य छर्लङ्गिने गरी व्याख्या गरेको छ । हेभेन्ली पाथ कुनै धर्मको विरोधमा बिलकुलै छैन । तर यो शास्त्रहरूमा उल्लेख भएका सत्यहरु औंल्याउँदै तिनलाई आध्यात्मिक र भौतिक जीवनमा लागू गर्न मानिसहरुलाई प्रेरित गर्छ । यति भएपछि हेभेन्ली पाथले नयाँ धर्मलाई जन्म दिएको छैन भन्नेबारे व्याख्या गरिरहनु पर्दैन भन्ने विश्वास छ । बरु, यसले शास्त्रहरूको सारलाई जनसमक्ष ल्याएको छ houston texans jersey

Heavenly Path
Heavenly Path

Heavenly Path Hong Kong was registered on 26 January 2006 under Society Ordinance of Hong kong.

Heavenly Path has been founded to promote and spread the thoughts, spiritual philosophy and teaching of Supreme Master Godangel.

Supreme Maste

Children Zone
बालअधिकार सम्बन्धि कार्यशाला सम्पन्न देवराज राई हेवेन्लीपाथ हङकङको आयोजनामा संचालन भइरहेको स्वस्थ सुखी बाल्यजीवन कार्यशाला अप्रेल १५ तारिखका दिन सीएमए माध्यमिक विद्यालय टुनमुनमा समापन गरिायो । कार्यक्रममा बाल विकास परियोजना हङकङकी प्रतिनिधि मिस योभना ल प्रमुख अतिथिको रुपमा उपस्थित भएकी थिइन् । Happy Healthy Childrens Life-4th The fourth session of Happy Healthy Children's Life Workshop, the eight week long symposium on Children's Rights, was held on Sunday, 18th March 2012 at CMACCK Secondary School. The majority or participants were Nepalese parents, however a few other nationalities have participated as well.
  • imagegallery
  • imagegallery
  • imagegallery
  • imagegallery
  • imagegallery
  • imagegallery
  • imagegallery
  • imagegallery
  • imagegallery
  • imagegallery
Quote of The Day
Heavenly Path is not a religion, but crystallization of all other religios.Baltimore Ravens jersey
-Supreme Master